तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

काठमाडौं । चितवन भरतपुर महानगरपालिका १४ बाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् ।

३५ वर्षीय दिलीप दराईको घर पछाडि खाली ठाउँमा तास खेलिरहेको अवस्थामा राई सहित ९ जनालाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाँउमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ५ सय ४० रुपैँया र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?