मोरङ । मोरङ विराटनगर-११ जनपथ टोलका ७८ बर्षीय शंकरलाल खेम्कालाई मोबिल र ईनामेल कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने १ बजे सोही स्थानमा रहेको खेम्काको गोदामबाट २०० लिटर मोविल सहितको १५ वटा ड्रम, २० लिटरको मोविल सहितको ३ वटा ड्रम, १० लिटरको मोविल सहितको २ वटा बाल्टी, १ लिटरको मोविल सहितको १४ वटा बट्टा, २०० लिटरको खाली ड्रम २४ वटा, सर्वोको स्टीकर १०० पिस, सर्वोको स्टीकर छाप्ने फर्मा २१ वटा, खाली १ लिटर वाला सर्वोको स्टीकर लगाएको १०० थान, स्टीकर नलगाएको १ लिटरको खाली बोतल २०० थान, एशियन पेन्ट लेखिएको ईनामेल ५०० लिटरको ७ बट्टा बरामद गरेको छ ।
उनले विगत २० बर्ष अगाडी देखि गोदाम भाडामा लिई नक्कली मोविललाई सर्वोको स्टीकर टाँसी बिक्री बितरण गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पक्राउ परेका शंकरलाल खेम्का उपर थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया