काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी सदस्यहरुको बिहीवारको बैठक सकिएको छ ।
आजको बैठकमा नेपाल-खनाल पक्षका स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबारे आपत्ति जनाएका छन् ।
ओली पक्षबाट भइरहेका गतिविधिबारे आपत्ति जनाउँदै नेपाल(खनाल पक्षले वक्तव्य नै जारी गरेर विरोध जनाउन लागेको छ ।
बैठकमा पूर्व एमाले ब्यूतिएसँगै ओली पक्षले देशभरका पार्टी कार्यालयहरुमा आफ्नै हालिमुहाली गर्न लागेको आरोप लगाएको छ । त्यस्तै फरक समूहको समर्थन गरेकै कारण आक्रमण गर्ने शैली अपनाएको भन्दै नेपाल-खनाल समूहले त्यसको विरोधमा वक्तव्य जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
पार्टी एकिकरण भएपनि सर्वोच्च अदालतको फैसलाले सबैलाई एकैपटक एमाले बनाइदिएले कसैलाई पनि समर्थन र विरोध गर्न नहुने उक्त पक्षको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया