खेल्ने क्रममा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु

संखुवासभा। संखुवासभा धर्मदेबी नगरपालिका-६ फाक्सीमा करेन्ट लागेर ७ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७ बर्षीय सिताराम बस्नेत रहेका छन् ।

आज (बिहीवार) साढे १० बजे आफ्नो घर नजिकै खेल्ने क्रममा बिजुलीको पोलबाट करेन्ट लागेको थियो ।

करेन्ट लागेका ती बालकको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?