महाशिवरात्री : पशुपतिमा बाबाहरुको ताण्डव तस्वीरमा हेर्नुहोस्

काठमाडौं । आज महाशिवरात्री । हरेक वर्षझैं यस वर्षपनि महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा व्यापक भीड जम्मा भएको छ ।

बिहानैदेखि आरोग्यदेव पशुपतिनाथको दर्शनका लागि हजारौं भक्तजनहरु लाम लागेर उभिएका छन् ।

पशुपति परिसरमा यसदिन छुट्टै रौनक हुने गर्दछ । त्यस रौनकका एक हिस्सा हुन् साधुसन्त र बाबाहरु । पशुपतिमा विशेषगरी शिवरात्रीकै लागि भनेर भारतबाट समेत बाबाहरु भित्रिने गर्दछन् ।

भलै सङ्ख्याको आधारमा यस वर्ष अन्य वर्षभन्दा कम बाबाहरुको उपस्थिति रहेको थियो तर, गतिविधि भने उस्तै छ ।

पशुपति परिसरमा यतिवेला बाबाहरु गाँजाको नशामा लठ्ठ हुँदै बसेका छन्

महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीहरुलाई सहज रुपमा पुजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थि तथा भक्तजनहरुले बताएका छन् । महाशिवरात्री पर्वको अवसरमा उल्लेख्य रुपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड १९ को संक्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

तस्वीरमा हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?