काठमाडौं । नयाँ परिस्थितिअनुसार सांगठानिक कामलाई पूर्णता दिन बनेको नेकपा माओवादी केन्द्रको चार सदस्यीय कार्यदलको पहिलो बैठक बसेको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा झण्डै चार घण्टा बसेको पहिलो बैठकमा कार्यदलका सदस्यहरुले संगठनात्मक क्षेत्रमा गर्नुपर्ने व्यवस्थापनका कामका बारेमा आ–आफ्ना धारणा प्रस्तुत गरेको कार्यदल सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।
‘पहिलो बैठकमा कार्यदल सदस्यहरुले आ–आफ्ना धारणा राख्नुभयो । त्यसमा विभिन्न विषयहरु परेका छन् । भोलि अर्को बैठक बसेर थप खाका बन्नेछन्’, पोखरेलको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया