महाशिवरात्रीका दिन पशुपतिमा देखिएका फरक दृश्य : युवा र बाबाहरुबीच गाँजा ‘डिल’

काठमाडौं । आज महाशिवरात्री । हरेक वर्षझैं यस वर्षपनि महाशिवरात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा व्यापक भीड जम्मा भएको छ ।

बिहानैदेखि आरोग्यदेव पशुपतिनाथको दर्शनका लागि हजारौं भक्तजनहरु लाम लागेर उभिएका छन् ।

पशुपति परिसरमा यसदिन छुट्टै रौनक हुने गर्दछ । त्यस रौनकका एक हिस्सा हुन् साधुसन्त र बाबाहरु । पशुपतिमा विशेषगरी शिवरात्रीकै लागि भनेर भारतबाट समेत बाबाहरु भित्रिने गर्दछन् ।

भलै सङ्ख्याको आधारमा यस वर्ष अन्य वर्षभन्दा कम बाबाहरुको उपस्थिति रहेको थियो तर, गतिविधि भने उस्तै छ ।

पशुपति परिसरमा यतिवेला बाबाहरु गाँजाको नशामा लठ्ठ हुँदै बसेका छन् भने केही युवाहरु तिनै बाबासँग पैसामा  गाँजा लिइरहेका छन् । लोकपथले आफ्नो लेन्समा युवा र बाबाहरुबीचको ‘गाँजा डिल’ कैद गरेको छ ।

हेर्नुस् पशुपति परिसरमा आज देखिएका केही फरक दृश्यहरुः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?