माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गर्ने भएको छ ।

आज (बिहीवार) माओवादी पार्टी कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रले नेपाली कांग्रेस र जसपाका शीर्ष नेताहरूसँग सत्ता समिकरणका बिषयमा छलफल गर्ने भएको हो ।

हिजो (बुधवार) बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार दुई दलसँग छलफल जारी राखिएको स्रोतले बताएको छ ।

छलफल गर्ने जिम्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई दिइएको छ । हिजै प्रचण्डले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग भेट गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?