काठमाडौं । आन्तरिक राजश्व कार्यालय जनकपुरधाममा कार्यरत कर अधिकृत रमेश ढकाल सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
ढकालले सेवाग्राहीसँग अन्तशुल्क समायोजनको रकम फिर्ता गर्ने प्रयोजनको लागि अतिरिक्त रकम माग गरी आर.एन. मेनेजमेन्ट अकाउण्ट कन्सल्टेन्सीका प्रोपाइटर नविन कुमार कर्णलाई लिन लगाएको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले अनुसन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा कर्णलाई सेवाग्राहीबाट १,५०,००० अतिरिक्त रकम लिएको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो ।
कर्णलाई जनकपुरधाम उप-महानगरपालिका स्थित अन्नपूर्ण होटल एण्ड गेष्ट हाउसबाट र कर अधिकृत रमेश ढकाललाई जिल्ला धनुषा स्थित नेपाल स्काउटको कार्यालय अगाडिबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया