बुटवलको एक फूडल्याण्डमा आगलागी

काठमाडौं । बुटवल–८ मिलनचोकमा रहेको फूडल्याण्डमा आगलागी भएको छ ।

बुटवले सेन्टरमा पर्ने फूडल्याडमा आगलागी हुँदा करिब डेढ करोडको क्षति भएको प्रराम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगर, तिलोत्तमा,सैनामैना, सुद्धोधन, भैरहवा लगायतका गरी ४ वटा दमकल प्रयोग १ घण्टामा आगो नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक गोविन्द रेग्मीले बताए । उनले विद्युत सर्ट भएका कारण आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको बताए ।

मध्यरातमा गस्ती गरिरहेको प्रहरीको टोलीले फूडल्याण्डको मूख्यसडकतर्फ रहेको रेष्टुरेण्ट शाखाको भित्रबाट आगोको लम्काहरु देखेपछि तत्काल सम्बन्धित पक्षलाई खबर गरी नियन्त्रणमा लागेको थियो । रेष्टुरेण्ट शाखाको माथिल्लो तल जलेर पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा सामान्य क्षति भएको फूडल्याण्डका सञ्चालक शंकर न्यौपानेले जानकारी दिए । घटना बारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?