कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशका पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ । अपरान्हपश्चात पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राती सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली भई बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?