‘ओलीले अरूको सिकारमा विषाक्त घाँस हाल्दैछन्’- नेता भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली अरूको सिकारमा विषाक्त घाँस हाल्न लागिपरेको बताएका छन् । भट्टराईले बुधबार ट्विट गर्दै ओली नेपाली प्रतिगमनका मुख्य खलनायक भएको पनि बताएका छन् ।

भट्टराईले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि सत्तामा बसिरहने नैतिकता नभएको बताएका छन् । उनले ओलीलाई नेपाली प्रतिगमनका मुख्य खलनायकको संज्ञा दिएका छन् ।

‘अखाद्य वस्तु नखानु प्राणीजगतको शाश्वत स्वभाव हो । तर, नेपाली राजनीतिमा जो जेपनि खान किन उद्यत् ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन् । सर्वोच्चका दुवै फैसलापछि उनी एक मिनेट सत्तामा बसिरहने कुनै तुक छैन । उल्टै उनी अरूको सिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको ? ‘ उनले भनेका छन् ।

सर्वोच्चले ११ फागुनमा संसद् पुनर्स्थापना गर्ने फैसाल गरेको थियो भने २३ फागुनमा नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्र ब्युँतिएको फैसला सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?