काठमाडौँ- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले वाम गठबन्धनकै सरकारलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बुधवार सम्पन्न नेपाल समूहका केन्द्रीय सदस्यको भेलामा सहभागी बहुसंख्यक नेताले वाम गठबन्धनकै सरकारलाई टिकाउनुपर्ने सुझाब दिएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।
‘बहुसंख्यक साथीहरूले वामपन्थीहरूकै सरकार कायम राख्नुपर्छ, सकेसम्म सबै वामपन्थीहरूको साझा सरकार बनाउने सम्भावनामा ध्यान दिनुपर्छ भन्ने सुझाब दिनुभएको छ,’ पन्तले भने, ‘सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिस्थितिमा पार्टीलाई संगठित, एकताबद्ध बनाउने कुरामा सचिवालयसहित विभिन्न कमिटीको बैठक बोलाएर अध्यक्ष र प्रधानमन्त्री केपी ओलीले नै भूमिका खेल्नुपर्छ ।’
उनले प्रतिनिधि सभा विघटनपछि विचारहरु फरक भएपनि अव ति कुराहरु बिर्सेर अघि बढ्नुपर्ने आवश्यक्ता ठहर गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया