पशुपतिमा बढ्यो महाशिवरात्रिको चहलपहल

काठमाडौं । पशुपति मन्दिर परिसरमा महाशिवरात्रिको चहलपहल बढेको छ ।

हिन्दु धर्मावलम्बीहरुको मुख्य पर्व मध्यको एक शिवरात्री यस वर्ष भोलि (बिहिवार) परेको छ । यो पर्वका लागि नेपालका विभिन्न क्षेत्र का साथै भारतबाट साधुसन्तहरु पशुपति मन्दिर परिसरमा आइसकेका छ। केहि बेलुका सम्म आउने छन् ।

हिन्दुहरुका आराध्यदेव पशुपति नाथमा शिवरात्रीका दिन विशेष पुजा र भक्तिका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत साधुसन्तहरु आउने गर्दछन् । यसरी आउने साधुसन्तलाई पशुपति क्षेत्र विकाश कोषले शिवरात्री सम्पन्न भइसकेपछि दान दक्षिणासहित बिदा गर्ने चलन छ ।

शिवरात्रीकै अवसरमा पशुपति क्षेत्रमा विशेष मेलासमेत लाग्ने गर्दछ । पशुपति क्षेत्र विकास कोषले मंगलवार पत्रकार सम्मेलन गरि शिवरात्रीको तयारी पुरा भएको बताएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ ।

यस दिन शिवालयमा बेलपत्र चढाउने, उपवास र रात्रि जागरण गर्नाले पुण्य प्राप्त हुने धार्मिक मान्यता छ ।

तस्वीरमा हेर्नुस :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?