लाजिम्पाट उत्तरढोकाबाट चितुवाको छालासहित २ जना पक्राउ

काठमाडौं । काठमाडौंको लाजिमपाटस्थित उत्तरढोकाबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा बाग्लुङ निशि खोलाका २२ वर्षीय सन्तोष बुुढामगर र मोरङ डाँगिआठका माईला भनिने २८ वर्षीय रञ्जित माझि रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा बिक्रीवितरण भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलवार अपरान्ह ४ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

चितुवाको छाला थान-१ बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौ पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?