उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिको सय दिन : के के भए प्रगति ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले १०० दिन पूरा गरेको छ ।

यस अवसरमा महासंघले राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (भिजिन पेपर) २०३० तयार पारेको छ । महासघंले सो भिजन पेपर समृद्धिका लागि निजी क्षेत्र भन्ने नारासहित तयार पारेको हो । निजी क्षेत्रको आर्थिक विकाससँगै समग्र मुलुकै अर्थतन्त्र सुधार गर्ने खाकासहित सो भिजन पेपर तयार पारिएको महासंघले जनाएको छ ।

सो कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले महासंघको भिजन पेपर प्रस्तुत गरेका थिए । उनले देशको आर्थिक विकासका गर्न आगामी एक दशकभित्र देशको आर्थिक वृद्धिदर १ सय खर्ब रुपैयाँ हुने बताएका छन् ।

उनका अनुसार २०३० सम्म २२ लाख मानिसलाई रोजागारी प्रदान गर्ने किसिमले काम गरिनेछ । अध्यक्ष गोल्छाले देशको आर्थिक विकास गर्न कोभिड पछिको आर्थिक पुनरुत्थान, नीतिगत सुधार, रणनीति, साना तथा मझौता व्यवसायीको आर्थिक विकास,लगानी प्रवद्र्धन, प्रतिस्पर्धी बजार,अन्तर्राष्ट्रिय व्यापार ग्रोथ, पूर्वाधार विकास, ज्ञानमुलक अर्थतन्त्र, श्रम व्यवस्थापन र क्षमता विकास लगायतका क्षेत्रमा काम गरिने बताए । त्यस्तै,उनले २०३० सम्ममा विश्वमा विभिन्न देशलाई हेरी आर्थिक विकासको आधार तयार गर्ने,कृषि क्षेत्र, उद्योग, उत्पादन तथा सेवा लगायतका क्षेत्रमा प्राथमिककताका साथ काम गर्ने बताए । सो भिजन पेपरमा अर्थतन्त्रको विकासका लागि लाभका क्षेत्रलाई पहिचान गर्ने देखि उत्पादनमुखि परियोजनाहरूमा देशी विदेशी लगानी र अनुसन्धानलाई समेत अघि बढाइने योजना रहेको छ । त्यस्तै,सो भिजन पेपरमा प्रयाप्त कल कारखानाको विकास गरी हरेक वर्ष अधिकतम ४ लाख रोजगारीको सिर्जना योजना पनि समावेश गरिएको छ ।

महासंघले उद्योगी व्यवसायीहरुका समस्या समाधान गर्न विभिन्न ४ वटा क्षेत्रगत सदस्य सेवा केन्द्र स्थापना हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?