काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत प्राप्त व्यवस्थापन संकाय अन्तर्गतका विभिन्न कोर्सहरुमा विद्यार्थीहरुलाई दिने भनिएको छात्रवृद्धि उपलब्ध नराएको भन्दै आपत्ति जनाएको छ ।
त्रिविले २०७६ सालको शैक्षिक सत्रबाट नै विविए, विआइएम, विविएम, विएचएम, विविए फाइनान्स लगायतका कोर्सहरुमा १० प्रतिशत विद्यार्थीहरुलाई १०० प्रतिशत छात्रवृत्ति दिनेगरी सहमती गरेको थियो । तर त्रिवि र डिन कार्यालयलाई पटक पटक जानकारी गराउँदा समेत त्यसलाई कार्यान्वयन नगरी विद्यार्थीहरुबाट पैसा उठाइरहेको नेविसंघको आरोप रहेको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष राजिव ढुंगानाले त्रिविले आफैले गरेको सहमतीमा तत्परता नदेखाएमा आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
‘त्रिविले आफैले गरेको सहमति लागू गर्ने तत्परता नदेखाए विद्यार्थी हकहित र विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति नेपाल विद्यार्थी संघ कडा आन्दोलनमा जाने चेतावनी दिन चाहन्छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया