प्रधानमन्त्री ओलीको कदम र सर्वोच्चको फैसलाले धक्का लागेका १० नेता (भिडियो रिपोर्ट)

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै बैशाख १७ र २७ गते निर्वाचन घोषणा गरिन् ।

पार्टीभित्रको आन्तरिक विवाद संसदमा पुगेपछि पुसको ठण्डीयाममा पनि राजनीतिक माहोल निकै गर्मायो । राष्ट्रपतिको उक्त कदम असंवैधानिक भन्दै प्रचण्ड-माधव पक्षका ७ जना मन्त्रीले राजीनामा दिए । पुस ५ गतेदेखि फागुन ११ गतेसम्म ओली र प्रचण्ड माधव समूहबीच शक्ति प्रदर्शनको होडवाजी नै चल्यो ।

दुवै समूहले देशभर विरोध तथा जनसभा आयोजना गर्नेदेखि कार्यकर्ता ओसारेर काठमाडौंमा शक्ति प्रदर्शन समेत ग-यो । ओलीको कदमविरुद्ध प्रचण्ड-माधव समूहले त नेपाल बन्द समेत ग-यो  ।

सर्वाेच्च अदालतले गत फागुन ११ गते संसद पुनःस्थापना गरेपछि ओलीमाथि नैतिक संकट आइपर्याे तर उनले राजीनामा दिनुको सट्टा अविश्वास प्रस्ताव ल्याएर आपूmलाई हटाउन चुनौति दिए । अदालतको आदेश अनुसार फागुन २३ गतेलाई संसदको वैठक बोलाइयो ।

संसदमा अविश्वासको प्रस्ताव दर्ता हुने धेरैको आंकलन थियो । तर, विडम्वना संसद बैठक बस्नु अगावै सर्वाेच्च अदालतले अर्काे फैसला दियो । सर्वाेच्चले ओली-प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिने फैसला गर्दै पूर्वएमाले र पूर्व माओवादी ब्यूँटाइ दिएपछि राजनीतिक कोर्स एकाएक बदलियो ।

फागुन २४ गते राति बसेको प्रचण्ड माधव पक्षको स्थायी कमिटी बैठकले एमाले र माओवादी अलगिने निर्णय गरेपछि राजनीतिक माहोल तत्कालका लागि मत्थर भएको छ । माधव पक्षका नेता कार्यकर्ताहरु ओली नेतृत्वको नेकपा एमालेका फर्किएका छन् भने प्रचण्ड नेतृत्वका नेताहरु माओवादी केन्द्रमा फर्किएका छन् ।

पुस ५ गतेदेखि फागुन २४ गतेसम्मको राजनैतिक गर्मागर्मीले केही नेताको वैचारिक ‘हाइट’ ह्वात्तै बढेको पाइयो भने कतिपयको वैचारिक हाइट ह्वात्तै घटेको पाइयो । यो अढाइ महिनाको उतारचढावमा केही नेताहरुले पद, वैचारिक तथा संख्यात्मक शक्ति समेत गुमाएका छन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?