झलनाथ खनालले भने- ‘सरकारलाई सहयोग गर्छौँ’

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनालले वर्तमान सरकारलाई नै सहयोग गरेर जाने बताएका छन् ।

आजको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी दुई वर्षको कार्यकाल पुरा गर्नुपर्ने बताए ।

त्यस्तै अहिलेको सन्दर्भमा आफूहरु एमाले नेतृत्वको सरकारलाई टिकाउने कुरामा जोड दिने बताए ।

नेता खनालले भने, “अहिले सरकार हामीसँग छँदै छ । यो सरकारले आउने दुई वर्षको कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्छ” ।

त्यस्तै आफूहरु आफ्नै मिस्टेकले यो ठाउँमा आइपुगेको बताए । आफूहरु पुन एमालेमा नै फर्किएको खुसी व्यक्त गर्दै नेता खनालले भने-“हामी त फेरि एमाले भयौँ । दुर्भाग्यको कुरा हो, एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो । जे जे खेलहरुबाट यो विभाजित भएको भए पनि या हाम्रा आफ्ना मिस्टेकले भएको भए पनि हामी यो ठाउँमा आइपुगेका छौँ,” ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?