काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’लाई मनोनित गर्ने तयारी गरेको छ ।
गृहमन्त्री समेत रहेका बादललाई नेकपा एमालेको उपाध्यक्षमा बनाउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।
बादल पूर्व माओवादी केन्द्रका नेता हुन् । उनी पार्टी एकिकरणपछि प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका थिए । तर संसद विघटनपछि केही बादल र तत्कालिन नेकपा उपाध्यक्ष वामदेव गौतम तठस्थ बसेका थिए । गौतम पुनः पार्टी एक बनाउने भन्दै पार्टी एकिकरण अभियानमा लागे पनि बादल प्रधानमन्त्री ओली समूहमा लागेका थिए ।
नेकपाको आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतको फैसलापछि अन्य नेताहरु पूर्व माओवादी केन्द्रमा नै फर्किएपनि बादल एमालेमा नै बसे ।
सर्वोच्चले नेकपाको आधिकारिता ऋषी कट्टेललाई दिएसँगै पूर्ववत् रुपमा एमाले र माओवादी केन्द्र छुट्टिएको छ । यससँगै तत्कालिन नेकपामा रहेका पूर्व एमाले नेताहरु एमालेमा नै फर्किएका छन् । तर पूर्व माओवादी निकट बादल, उद्योगमन्त्री लेखराज भट्ट, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणीचन्द्र थापा लगायतका नेता माओवादी केन्द्रमा नफर्किने भन्दै एमालेमा नै बसेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया