काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक शुरु भएको हो । फागुन २३ गते तत्कालीन नेकपाको एक पक्षद्वारा बहिस्कार र कांग्रेसको अवरोधपछि स्थगित भएको बैठक आज बसेको हो ।
आजको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ भने विवादास्पद अध्यादेशको कार्यसूची हटाइएको छ । अध्यादेशकै विषयमा असहमति जनाउँदै २३ गतेको प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया