आज अभिनेता प्रदीप खड्काको जन्मदिन, सामाजिक सञ्जालमा बधाइको ओइरो

लोकपथ
0
Shares

काठमाडौं । चर्चित अभिनेता प्रदीप खड्काको आज (बुधवार) जन्मदिन परेको छ । जन्मदिनको अवसरमा हजारौं फ्यानहरुले सामाजिक सञ्जाल मार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

फिल्म प्रेमगीतबाट चर्चामा आएका उनको फिल्म लिलिबिली, रोज, लभ स्टेशन पनि हिट रहेका छन् । पछिल्लो समय उनी नेपाली फिल्मका महंगा अभिनेतामा पनि गनिन्छन् ।

उनी आजबाट २९ वर्षमा प्रवेश गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा जन्मिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?