जाजरकोटमा भेटियो बर्ड फ्लू

काठमाडौं । जाजरकोटको भेरी नगरपालिका ३ मा बर्ड फ्लू भेटिएको छ । सो ठाँउका किसानले पालेका कुखुरामा बर्ड फ्लू पुष्टि भएको हो ।

केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा भेरी नगरपालिका ३ मा किसानले पालेका कुखुरामा बर्ड फ्लू भेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गतको पशु सेवा विभागले जनाएको छ ।

रोग देखिएको ठाउँलाई नीसंक्रमण गरिएको र ७ सय भन्दा बढी कुखुरा, अण्डा, दाना, अण्डाको क्रेट नष्ट समेत नष्ट गरिएको विभागले जनाएको छ ।

माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि कुखुरामा बर्ड फ्लू पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?