काठमाडौं । नेकपा एमालेले संसदीय दलको कार्यालयमा नेकपाको साइनबोर्ड हटाएको छ । आज (बुधवार) दलको कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको हो ।
निर्वाचन आयोगले संघीय संसद सचिवालयलाई एमाले र माओवादी केन्द्र अलग भइसकेको पत्र पठाएसँगै नेकपा एमालेको साइनबोर्ड राखिएको हो । संसदीय दलको नेता एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकक्षको नेम प्लेटमा पनि नेकपा हटाएर नेकपा एमाले लेखिएको छ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र व्युँतीएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ । हिजो (मंगलवार) एमालेले पार्टी कार्यालय धुम्बाराहीबाट नेकपाको साइनबोर्ड हटाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया