विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३१ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९० रुपैयाँ १६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ७० पैसा र बिक्रीदर १० रुपैयाँ ७६ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?