काठमाडौँ- बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई सुधारगृहमा पठाउन अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएका हुन्। दोगडाकेदार गाउँपालिका–७, कतोलाकी भट्टको हत्याको अभियुक्त उनलाई अदालतको आदेशपछि पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।
विद्यालयबाट घर फर्कने क्रममा गत माघ २१ गते भट्ट्को हत्या बलात्कारपछि हत्या भएको थियो । बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो।
सोही अभियोगमा फागुन ४ गते पक्राउ परेका ती किशोर आरोप स्वीकारेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया