सत्ता सहकार्य: देउवा र दाहालबीच २० मिनेट छलफल

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २० मिनेट भेटवार्ता भएको छ । दाहाल माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकपछि सत्ता सहकार्यको लागि देउवासँग छलफल गर्न देउवा निवास बुढानीलकण्ठ पुगेका थिए ।

भेटमा उनीहरुबीच सरकार समीकरण र प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने नल्याउने विषयमा छलफल भएको जनाइएको छ । उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल भएको जनाइएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेर अध्यक्ष प्रचण्ड छलफलका लागि देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले नयाँ सरकार गठनका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?