अब ‘डिशहोम गो’बाट ७० वटा च्यानल हेर्न मिल्ने

काठमाडौं । डिशहोमले ‘डिशहोम गोका प्रयोगकर्ताहरुले ७० वटा च्यानल हेर्न मिल्ने गरी सेवा थप गरेको छ ।

डिशहोमले आफ्ना ग्राहकहरुलाई मोबाइलमै टेलिभिजन हेर्ने सुविधा DishHome GO सुरु गरे यता २० वटा च्यानल मात्र संचालन भईरहेको थियो ।
यस संगै डिशहोम गो एपले भिडियो अन डिमाण्ड सेवा पनि सुरुगरेको छ, जसमा आफुले चाहेको समयमा अंग्रेजी, हिन्दी तथा नेपाली सिरिज, फिल्म, सर्टफिल्महरु हेर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै म्ष्कजज्यmभ न्इ मोबाइल एप ल्याएको थियो ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो ।
कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शुल्क लाग्ने छैन । डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन् ।

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाटे DishHome GO ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?