काठमाडौं । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को संक्रमण देखिएपछि कुल कोरोना संक्रमितको संख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज (मंगलवार) जनाएको छ ।
भारतमा गत २४ घण्टामा कोभिड–१९ संक्रमणको कारण ७७ जनाको मृत्यु भएपछि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५७ हजार ९३० जना पुगेको छ । हाल भारतमा एक लाख ८७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय संक्रमितको संख्या बढेको पाइएको छ ।
यसैबीच कोभिड–९९ को संक्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड आठ लाख ९९ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी २ करोड ३० लाख व्यक्तिले खोप लगाईसकेका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले मंगलवारसम्म देशभर २२ करोड २७ लाख २ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो सोमवार एकै दिनमा सात लाख ४८ हजार ५२५ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया