काठमाडौं । निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र अगल भएकोबारे अध्यक्षद्वय क्रमशः केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराउने भएको छ ।
आयोगको मंगलवार बसेको बैठकले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताबारे गरेको निर्णयलाई सदर गर्दै त्यसबारे साविक एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जानकारी गराउने भएको हो ।
त्यस्तै आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामक राजनीतिक दल दर्ता भएको राजपत्रमा प्रकाशित सूचनालाई खारेज गर्ने र सोको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको जनाएको छ ।
त्यस्तै आयोगले दुवै दललाई फेरि एकता गर्ने भएमा निवेदन दिनका लागि समेत आग्रह गरेको छ ।
यस्तो निर्णयहरु


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया