यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टद्वारा विद्यालयलाई खेलकुद सामाग्री वितरण

काठमाडौं । यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्टले नुवाकोट म्यागङ ०३ गोगनमा रहेको भूमेदेवी माध्यमिक विद्यालयलाई खेलकुदका साथै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

विद्यालयलाई ट्रष्टले भलिबल, फूटबल, क्रिकेट, क्यारम बोर्ड का साथै माक्स, स्यानिटाइजर फेस सिल्ड डिजिटल थर्मल गन डिजिटल साउन्ड सिस्टम वितरण गरेको हो ।

कार्यक्रममा पुर्व मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसि र नेपाली कांग्रेस नुवाकोट जिल्ला सभापती जगदिश्वर नरसिंह केसी लगायत म्यागङ गाउँपालिका प्रमुख आशा बहादुर तामाङ उप प्रमुख शान्ति लामा गुरुङ को उपस्थिति रहेको थियो ।

 

विद्यालय प्रंगणमा आयोजित कार्यक्रममा जिल्ला स्तरीय नेता, म्यागङ गाउँपालिकाका निर्वाचित वडा(२,३,४,६) का अध्यक्ष,विद्यालय व्यवस्थापन समिति का निवर्तमा र वर्तमान अध्यक्ष ,विद्यार्थी नेता, समाजसेवी,पार्टीका विभिन्न तह र तप्काका पदाधिकारीहरु ,शिक्षक , शिक्षिका,विद्यार्थी स्थानीय युवाहरुको वाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?