काठमाडौं । निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई एकिकरण गर्ने भए १५ दिनभित्र आयोगमा उपस्थित भइ निवेदन दिन आग्रह गरेको छ ।
आयोगको आज बसेको बैठकले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएसँगै दुवै दललाई पुनः एकिकरण भएमा १५ दिनभित्र निवेदनसहित उपस्थित हुन आग्रह गरेको हो ।
सर्वोच्च अदालतले खारेज सर्वोच्च अदालतले खारेज गरिदिएको एकीकरण फेरि गर्ने भए दुवै दललाई १५ दिनभित्र नयाँ पार्टीको नाम र चुनाव चिन्हसहित निर्वाचन आयोगमा आउनका लागि बोलाएको हो ।
मंगलवार आयोगले पत्र पठाउँदै भनेको छ, ‘आयोगको मिति २०७५ जेठ २३ गतेको निर्णयबाट नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकीकरण भई बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामक राजनीतिक दल सम्मानित सर्वोच्च अदातलतको २०७७ फागुन २३ गतेको फैसलाले बदर भएकोले अब यी दुई दलले दल एकीकरण गर्ने भएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुबै दलले आ(आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको रूपमा एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नयाँ नाम र चिन्हसमेत प्रस्ताव गरी १५ दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लाई जानकारी गराउने,’।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया