कांग्रेस नेता जोशी फेरि भेन्टिलेटरमा, अझै आएन होश

काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई शनिवारदेखि पुन: भेन्टिलेटरमा राखिएको छ ।

नर्भिक अस्पतालमा उपचाररत नेता जोशीलाई भेन्टिलेटर सर्पोटमा राखिँदै आएकामा श्‍वासप्रश्‍वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको थियो ।

भेन्टिलेटरबाट निकालेको २४ घण्टा पछि पुन: शनिवार बिहान एक्कासी समस्या भएर फेरि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले जानकारी दिएका छन् । नेता जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने नर्मल नै रहेको डा. झाले बताए । नेता जोशीको अहिलेसम्म होश भने आएको छैन ।

मस्तिष्कघात भएर यही फागुन १४ गते राति मस्तिष्काघात भएर वीर अस्पताल पुर्‍याइएको र पछि उनलाइ चिकित्सकले नर्भिक अस्पताल रिफर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?