कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सकिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा आवश्यक छलफल र वार्ता गर्ने निर्णय गरेको छ ।

सर्वोच्चको फैसलाले माओवादी केन्द्रको बैठक बस्नुपर्ने स्थिती आएको बताउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले आवश्यक पर्दा एमालेसँग पनि छलफल गरेर जाने बताएका छन् ।

‘पछिल्लो हाम्रो पार्टी सम्बन्धि फैसलाको स्वरुप हामीले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको बैठक बस्ने र पार्टी गतिविधि गर्नुपर्ने स्थिति आएको प्रष्टै छ । यो स्थायी कमिटीको बैठकले अहिलेको सन्दर्भमा संसद, सरकार र राजनीतिक प्रक्रिया र संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने सन्दर्भमा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) सहितका पार्टीहरुसँग छलफल परामर्श वार्ता गर्ने निर्णय गरेको छ । नेकपा एमाले सँग पनि आवश्यकक्ता अनुसार वार्ताको प्रक्रिया अगाडि बढाउनेछौँ । मुख्यत प्रमुख प्रतिपक्षी दल र जसपासँग छलफल गर्नेछौँ ।’ उनले भने ।

त्यस्तै आगामी फागुन २९ गते पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?