काठमाडौं । कर्णाली नदिमा हराइरहेका दैलेख आठबीस नगरपालिकाका एकै परिवारका ५ जनामध्ये मंगलवार (आज) सम्म ४ जनाको शव फेला परेको छ ।
मंगलवार (आज) थप दुई जना ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अझै एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
सोमवार हामफालेका मध्ये १४ वर्षीया कल्पना बडुवाल र ११ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा लपेटिएको अवस्थामा भेटिएको थियो । हराइरहेका एक जनाको गोताखोर परिचालन गरी खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलकी सुकु सोमवार बिहान तीन छोरी र एक छोरा लिएर घरबाट आफ्नो माइत जान हिँडेकी थिइन् । घरबाट हिँडेपनि माइतमा नगएपछि आफन्तले उनीहरुको खोजतलास गरेका थिए ।
मृतकका श्रीमान मानसिंह बडुवाललाई भने सोमबार नै इलाका प्रहरी कार्यालय राकमले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराका अनुसार श्रीमानले दिनहुँ मदिरा सेवन गरी कुटपिट गर्ने झैझगडा गर्ने भएपछि आजित भएर नदीमा हामफालेको हुनसक्ने बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया