काठमाडौं । स्ट्यान्ड अप कमेडी सो ‘कमेडी च्याम्पियन’ युट्युब ट्रेन्डिङमा आएको छ । अपलोड भएको २४ घण्टा नबित्दै उक्त सो नेपालको युट्युब ट्रेन्डिङमा आएको हो ।
समाचार तयार पार्दा सम्म कमेडी च्याम्प्यिन सिजन–२ का एपीसोड–१ एक नम्बरमा छ भने एपीसोड–२ ५ नम्बरमा आइपुगेको छ । विशाल भण्डारीद्वारा निर्देशित सो को फिजिकल अडिसन राउन्डको प्रशारण भइरहेको छ । दुईवटा श्रृंखला प्रशारण हुँदा दुईजनाले गोल्डेन की पाएर टप–२४ मा प्रवेश गरेका छन् ।
‘थ्रि प्रोडक्सन’को निर्माण कमेडी च्याम्पियनको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुन् भने कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे हुन् ।
विजेताले कार र २५ लाख नगद पुरस्कार प्राप्त गर्ने निर्देशक भण्डारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया