काठमाडौं । जनता समाजवादी पार्टी आज संसदीय दलको बेठक बस्दैछ ।
केहिबेरमा सिंहदरबारस्थित तत्कालीन समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
तत्कालिन समाजवादी र राष्ट्रिय जनता पार्टी मिलेर गत वैशाख १० गते जसपा बनेको थियो । त्यसयता बैठक बस्न सेको थिएन ।
पार्टी एकिकरण भएपनि संसदीय दलको एकिकरण नभएको कारण बैठक बस्न नसकेको नेताहरुले बताएका छन् ।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थिति र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया