‘द भ्वाइस अफ नेपाल’ सिजन-३ चैत पहिलो हप्तादेखि शुरु हुने

लोकपथ
0
Shares

काठमाडौं । गायन रियालिटी शो ‘ओप्पो द भ्वाइस अफ नेपाल’ सिजन–३ को प्रसारण चैत पहिलो हप्तादेखि शुरु हुने भएको छ । चैत ६ गतेखि हिमालय टेलिभिजनमा हरेक शुक्रवार र शनिवार राती ८ बजेदेखि कार्यक्रम प्रसारण हुने भएको हो ।

कार्यक्रमको फर्म्याट अनुसार पहिलो एपिसोडदेखि ‘ब्लाइन्ड अडिसन’ एपिसोडहरु प्रसारण हुनेछन् । डिजिटल अडिसनमा सहभागी भएका करिब ४० हजार आवेदकबाट छानिएका १ सय २० जना प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा निर्णायकको सामना कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले बताए । हरेक कोचको टिममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल ‘राउण्ड’मा प्रतिस्पर्धा गर्नेछन् ।

निर्णायकको समूहबाट आस्था राउत बाहिरीएकी छिन् । उनको ठाँउमा अर्की गायिका तृष्णा गुरुङ भित्रिएकी छन् । निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?