बलिउड अभिनेता रणवीर कपुरलाई कोरोना संक्रमण

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुरमा कोरोना संक्रमण पुष्टि भएको छ । रणवीरलाई कोरोना संक्रमण भएको पुष्टि भएसँगै क्वारेन्टाइनमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अंग्रेजी वेबसाइट पिंकभिलासँग रणवीरका काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् । के रणवीर कपूर कोरोना भाइरसबाट संक्रमित भएका हुन् ?’ भन्ने प्रश्नमा रणधीरले ‘हो’ भनी जवाफ दिएका हुन् ।

रणवीरका फ्यानहरु उनको शिघ्र स्वस्थलाभको कामना गरिरहेका छन् । गत डिसेम्बरमा उनकी आमा नीतू कपूर पनि कोरोना संक्रमित भएकी थिइन् । फिल्म ‘जुग जुग जियो’को सुटिङको समयमा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

हाल रणवीर फिल्म ‘ब्रह्मास्त्र’को छायांकनको अन्तिम चरणमा छन् । फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्कीनेनी र मौनी रायको पनि अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?