घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलवार) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार २ सय रहेको थियो । त्यस्तै आज प्रतितोला सुनको मूल्य ६ सयले गिरावट आइ प्रतितोला ८५ हजार ६ सय कायम भई कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी सुनको मूल्य ८५ हजार १ सय ५० रहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले गिरावट आएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १२ सय ६५ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य गिरावट आइ प्रतितोला चाँदी १२ सय ५५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?