प्रचण्ड र बाबुरामहरूले गलत बाटो लिएकाले धुलोपिठो भए : विप्लव

लोकपथ
0
Shares

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकारले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्ध गलत भएको बताएका छन् । कपिलवस्तुको शिवगढीमा सोमवार पार्टी निकट अनेमसंघ क्रान्तिकारीको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै चन्दले न्यायको पक्षमा लडाइँ गर्दा प्रतिबन्ध भोग्नु परेको बताए ।

समाजको अन्याय, अत्याचार र दमनक विरुद्ध लडेको आफ्नो पार्टीमाथि लगाएको प्रतिवन्ध र दमन सही नभएको भन्दै चन्दले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको आलोचना गरे । उनले भने, “बम टेक्दै र हतियार खोस्दै हिँड्न सकिन्छ । न्यायको पक्षमा हामी कहिल्यै दब्नु हुँदैन । हामीले गल्ति गरेका छैनौं ।”

महिलाले सम्पतिमा समान अधिकार नपाएसम्म मुक्ति नपाउने धारणा राख्दै उनले न्यायको पक्षमा लाग्दा जनतामा जानै नदिन सरकारले आफूहरुलाई प्रतिवन्ध लगाएको दाबी गरे । प्रचण्ड र बाबुरामहरूले न्याय र समानताको मुद्दा बिर्सेकाले उनीहरु धुलोपिठो भएको  चन्दले टिप्पणी गरे । “आज प्रचण्डजी कहाँ पुग्नुभयो ? प्रचण्ड र बाबुरामले गलत बाटो लिए । मन्त्री त हामी पनि हुनसक्थ्यौँ । उनीहरुले सहिद परिवार, वेपत्ता, किसान मजदुर बिर्सिए,” महासचिव चन्दले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?