मानव विकासका सबै पक्षलाई सँगसँगै अघि बढाउनुपर्छ : जिसस प्रमुख तामाङ

लोकपथ
0
Shares

विदुर । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले मानव विकासका सबै पक्षलाई भौतिक विकाससँगै अघि बढाउनुपर्नेमा बताएका छन् । नुवाकोट जिल्ला अन्तरपालिका स्तरीय दोश्रो पञ्चकन्या चेयरमेन कप भलिवल प्रतियोगिताको समापन कार्यक्रममा तामाङले मानव विकासका सबै पक्षलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

भौतिक विकासलाई प्रयोग गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नु अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ । देश संघियतामा गएसँगै स्थापना भएका स्थानीय तहहरुले खेल क्षेत्रको विकासमा गरेको लगानीले खेल प्रेमी युवाहरुलाई खेल क्षेत्रमा नै भविष्य बनाउन प्रेरित गरिरहेको समन्वय समितिका प्रमुख तामाङले बताए ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार नै सो प्रतियोगिता सञ्चालन गरिएको बताउँदै पञ्चकन्या गाउँपालिकाका अध्यक्ष रमेश तामाङले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

प्रतियोगिताको उपाधी दुप्चेश्वर गाउँपालिकाले हात पारेको समन्वय समिती प्रमुख तामाङका स्वकिय सचिव शक्तिमान तामाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?