नागा बाबालाई निर्वस्त्र रहने अनुमति

लोकपथ
0
Shares

काठमाडौँ । महाशिवरात्रि पर्वका लागि पशुपतिमा नागा बाबाको आगमन सुरु भएको छ। नागालाई मङ्गलबारदेखि शुक्रबारसम्म निर्वस्त्र रहने अनुमति दिइएको छ। अघोर सम्प्रदायका साधु पनि उत्तिकै सङ्ख्यामा आएका छन्। पशुपति गुठी गोश्वाराका पर्वपूजा संयोजक चेतमान गिरीका अनुसार एकादशीदेखि फागुन कृष्ण त्रयोदशीसम्म त्रिदिवसीय रूपमा महाशिवरात्रि मनाउने तयारी भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट एकादशीको बिहानै राष्ट्रपति निवासमा महाशिवरात्रिको सङ्कल्प पूजा भएपछि मुलुकका सबै शिवालयमा महाशिवरात्रि पर्व सुरु हुनेछ। गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?