साझेदारी वनको वार्षीक आम्दानी १० करोड, वनको दुरुपयोग रोक्नुपर्नेमा जोड

कपिलवस्तु । जिल्लाकै नुमना तिलौराकोट साझेदारी वनको तौलिहवामा छैठौं साधारण सभा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेयले सभाको उद्घाटन गर्दै वातावरण जोगाउन वन जंगलको महत्व रहेकोले यसको सही सदुपयोग गर्नुपर्ने धारणा राखे । हरियाली जोगाउन घर घरमा रुख लागउनुपर्नेमा उनले जोड दिए । देशकै नमुना तिलौराकोट साझेदारी वनले अझ पारदर्शी र व्यवस्थित रुपमा काम गर्नुपर्ने प्रजिअ अधिकारीले बताए ।

सो अवसरमा डिभिजन वन कार्यालय कपिलवसतुका प्रमुख ईश्वरी पौडेलले तिलौराकोट साझेदारीले काठको उत्पादन, वितरण, आयआर्जन लगायतका काममा देशमै नमुना काम गरेको बताए । उनले तिलौराकोट साझेदारीले गरेको कामको सिको गर्दै जिल्लामा अन्य ४ जटा साझेदारी वन समेत थपिएको जिकिर गरे । सो अवसरमा तिलौराकोट साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेयले नमुना काम गरको साझेदारी वनमा सरकारले वैज्ञानिक वन सम्बन्धि कार्यविधि हटाएकोप्रति आपत्ति प्रकट गरे । वनको सही व्यवस्थापन, काठको उत्पादन, वृक्षारोपण, रोजगारी लगायतका राम्रो काम गरेको उनले बताए । सो अवसरमा साझेदारी वनको आय–व्यय र प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

सो अवसरमा साझेदारी वनले एक वर्षमा १० करोड बढीको कारोवार गरेको विवरण प्रस्तुत गरिएको छ । जय प्रकाश पाण्डेयको अध्यक्षता र ध्यानेन्द्रमणि त्रिपाठीको संचालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपसचिव भूमी पोख्रेल, कपिलवस्तु नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामभजन कलवार, १० का वडाध्यक्ष रामगोपाल यादव, बुद्धभूमी नगरपालिका वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेय, कपिलवस्तु साझेदारी वनका अध्यक्ष गंगेश तिवारी साझेदारी वन संजालकी संयोजक रेनु सेन लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?