४५ औं वर्षगाँठमा हरिभक्तको ‘एकमात्र’ विमोचन

लोकपथ
312
Shares

काठमाडौं । आध्यात्मिक चिन्तन र साहित्यमा कलम चलाउने हरिभक्त सिग्देल ‘महेश’को आफ्नो ४५ औं वर्षगाँठको अवसरमा आध्यात्मिक चिन्तन ‘एकमात्र’ कृति विमोचन भएको छ । ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीका हातबाट कृति विमोचन गरिएको हो ।

सोमवार बिहान ललितपुरमा रहेको ‘लोकसाहित्य भवन’मा शताब्दी पुरुष सत्यमोहन जोशीबाट लोकार्पण गरिएको पुस्तकको विमोचन पुनः दिउँसो ‘होटल अकामा’ धुम्बाराहीमा संयुक्त रुपमा विमोचन गरिएको हो । हिन्दु धर्मका विज्ञ डा. ऋषिराम पोखरेल, बुद्ध धर्मका विज्ञ नजरुल हुसैन, इसाई धर्मका विज्ञ डा. के.वी.रोकाया, नेपाल सरकारका सचिव एवं समालोचक गोपीनाथ मैनाली, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल र प्रा.डा. खेम कोइराला ‘बन्धु’ले संयुक्त रुपमा कृति विमोचन गरेका हुन् ।

हरिभक्त सिग्देल ‘महेश’ र मिना सिग्देल उप्रेतीको ४५ औं वर्षगाँठको शुभ अवसर पारी सिग्देलको ४३ औं कृतिको विमोचन भएको हो । सो अवसरमा विभिन्न विद्वानहरुले सुखद् बैवाहिक जीवनको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकारहरु युवराज मैनाली, डा. अर्जुनदेव भट्ट, पुरुषोतम सिग्देल, दामोदर पुडासैनी ‘किशोर’, श्रीहरि फुँयाल लगायतले शुभकामना व्यक्त गरे ।

‘खड्गध्वज–गंगादेवी सिग्देल स्मृति साहित्य सारथी पुरस्कार तथा सम्मान २०७७’ को शुभारम्भ
कार्यक्रमको अवसरमा लेखक सिग्देलले बुबा–आमा खड्गध्वज–गंगादेवी का स्मृतिमा प्रत्येक वर्ष नेपाली साहित्यको श्रीवृद्धिमा योगदान दिने साहित्यिक संघ–संस्था र साहित्यकारलाई सम्मानित तथा पुरस्कृत गर्ने उद्देश्य राखी नगद पन्ध्र हजार पाँच सय पचपन्न सहित प्रत्येक वर्ष सम्मानको शुभारम्भ गरका छन् ।
सो पुरस्कारबाट पहिलो वर्ष साहित्य बाटिका नेपालका भैरवी भूगोल र बलराम दाहालको जोडीलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?