कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटियो, तीन जना बेपत्ता

काठमाडौँ- कर्णाली नदीमा एकै परिवारका दुई जनाको शव भेटिएको छ भने तीन जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार माछा मार्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जाल तान्दा शव भेटिएको हो । पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना बडुवाल र वर्ष १२ सरिता बडुवालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मानसिंहकी ३ छोरी, एक छोरा र श्रीमती आइतबार दिउँसो ४ बजेदेखि बेपत्ता भएका थिए । अन्यको अवस्था अझैपनि अज्ञात रहेको भन्दै प्रहरीले खोजी कार्य जारी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?