नक्सालको फूड ट्रेकमा आगलागी, तस्वीरहरु हेर्नुहोस्

काठमाडौं । काठमाडौंको नक्साल नारायण चौरस्थित एक घरमा आगलागी भएको हो । सोमवार दिउँसो ४ः४५ तिर तासी शेर्पाको फूड ट्रेकमा आगलागी भएको हो ।

करेन्ट सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगालागीबाट के कति क्षति भयो भन्नेबारे विवराण आउन बाँकी रहेको छ ।

केहीबेर अघि आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंको एसएसपी अशोक सिंहले लोकपथलाई बताए ।  आगलागीमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?