नेपालमा थप ४२ जनामा कोरोना संक्रमण मुक्त हुँदा थपिए ८९ संक्रमित

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ९९ जनाको पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै ४२ जना संक्रमित संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ७० हजार ९ सय २७ पुगेको छ ।

आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११ जना पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?