केपी शर्मा ओली पक्षबीच बालुवाटारमा छलफल

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् साविकको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहबीच यतिबेला बालुवाटारमा छलफल भइरहेको छ । प्रचण्ड – माधव नेपा पक्षबीच पेरिसडाँडामा स्थायी कमिटी बैठक चलिरहेको बेला बालुवाटारमा ओली समूह आन्तरिक छलफल गरिरहेको छ ।

छलफलमा रामबहादुर थापा, ईश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु छलफलमा रहेको बालुवाटार स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतले आइतबार केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा खारेज गरी साविक नेकपा एमाले र माओवादीलाई अस्तित्व फर्काइदिएसँगै नेपाली राजनीतिमा सरगर्मी बढेको छ ।

यतिबेला साविकको एमाले र माओवादी केन्द्रमा रहेका नेताहरु को कतातिर लाग्ने र कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?