कपिलवस्तुमा ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गर्ने १८ वर्षीय किशोर पक्राउ

लोकपथ
0
Shares

काठमाडौं । कपिलवस्तुमा ८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् ।

८५ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-४ कोदहवा बस्ने १८ वर्षीय किशोरलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती वृद्धालाई सोही ठाउँस्थित गहुँबारीमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?